पोखराबाट प्लास्टिकका बाजा बरामद

विहीबार, २९ चैत्र २०८०, १३ : २३

काठमाडौँ - पोखरास्थित लेक साइड र तेर्सापट्टिबाट प्रहरीले  ७१५ थान र लेक साइडबाट १२ सय थान बाजा बरामद गरिएको छ ।

पोखरामा बिहीबारबाट फेवा महोत्सव सुरु हुँदै छ । महोत्सव स्थल र आसपासमा ध्वनि प्रदूषण गराएको आरोपमा प्रहरीले चर्को आवाज निकाल्ने प्लास्टिकका खेलौना बेचबिखनमा रोक लगाएको छ । चाडपर्व र मेलाहरूमा बेचविखन गरिने यस्ता बाजाहरूले ध्वनि प्रदूषण गर्ने हुनाले मानव स्वास्थ्यमा असर पर्ने गरेको गुनासो आएपछि बाजा नियन्त्रणमा लिइएको  एसपी मोहन थापाले  जानकारी दिए । 

विहीबार, २९ चैत्र २०८०, १३ : २३

प्रतिक्रिया