१० जना लागुऔषध कारोबारी पक्राउ

विहीबार, २९ चैत्र २०८०, १४ : ५९

काठमाडौँ - लागुऔषधसहित १० जना कारोबारीलाई  प्रहरीले पक्राउ गरेको छ । 

अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरीएको हो । विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्यूरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको छ ।  सबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरी जनाकारी दिएको छ ।
 

विहीबार, २९ चैत्र २०८०, १४ : ५९

प्रतिक्रिया