अमेरिकाको टेक्सासमा हुने महायज्ञमा ढकाल एक्लैले गरे डेढ करोड दान

२ हप्ता अगाडि

काठमाडौं - अमेरिकामा बौद्ध बिहार निर्माणको लागि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) शुरु भएको छ।

अध्यात्मिक केन्द्रको प्राङ्गणमा मंगलबारदेखि आयोजना गरिएको महायज्ञ बिशेष समारोहमा पशुपतिनाथ तथा बौद्ध बिहार निर्माणको लागि एक लाख डलरभन्दा बढी सहयोग गर्ने दाताहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर उदघाटन गरे। महायज्ञमा अमेरिकामा बसोबास गर्दै आएका उपेन्द्र ढकाल र सुप्रिया कार्की ढकालले एक लाख ११ हजार १ सय ११ अमेरिकी डलर (करिब डेढ करोड रुपैयाँ) दान गरेका छन्।


 

२ हप्ता अगाडि

प्रतिक्रिया