काठमाडौं- काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन्।
अज्ञात समूहले गएराति एक बजे रोशी गाउँपालिका–५ नागबेलीस्थित् ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख मेसिनले काटेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेका हुन्। बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम र नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट फेला परेको थियो ।
उक्त घटनामा संलग्न दुई जनालाई काठमाडौबाट समातिएको गाँउपालिका उपाध्यक्ष मिम बहादुर लामाले आजको अर्थलाई जानकारी दिएका छन् । उनका अनुसार बुद्धचित्त काटेकै स्थानमा फेला परेको सकेट बमहरु आर्मिको टोलिले अहिले डिसपोज गर्दै छन् ।
बुद्ध धर्मालम्बीहरूले मालाका रुपमा प्रयोग गर्ने बुद्धचित्त महँगो मानिने गर्छ।
प्रतिक्रिया