फिल्म ‘रावायण’मा अभिनेता पल शाह एक्सन अवतारमा

२ हप्ता अगाडि

काठमाडौँ- सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘रावायण’मा अभिनेता पल शाह एक्सन अवतारमा देखिने भएका छन् । सधैँ चकलेटी र रोमान्टिक फिल्ममा देखिएका पललाई यो पटक आफूले एक्सन अवतारमा उतार्न लागेको निर्देशक थापाले बताए ।

फिल्मका लागि पल एक सातादेखि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक्सन सिकिरहेका छन् । पलको अहिले ‘पुजार सार्की’ फिल्म रिलिजको तयारीमा छ । २०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ वैशाखबाट छायाङ्कनमा जाँदै छ । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा फिलम बन्न लागेको हो । फिल्ममा पलसँगै पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया