बाँकेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र

२ हप्ता अगाडि

काठमाडौँ - बाँकेको जानकी गाउँपालिका- ४  गिजरामा निर्माणाधीन खानेपानी   विस्तारका लागि ट्याङ्की र अन्य भवन निर्माण सम्पन्न भएको तीन वर्ष बितेपनी आयोजनाको  काम अलपत्र परेको छ ।  

कार्यालय परिसरमा लामो समयदेखि पाइप थन्किएको छ । खानेपानी डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख प्रकाशजंग शाहले गिजरा खानेपानी आयोजनासँगै सुरु भएका अन्य आयोजनाले खानेपानी वितरण गरिसकेको बताए ।  खानेपानी डिभिजन कार्यालयका प्रमुख शाहले भने, 'पाइपलाइन बिस्तारका लागि पटकपटक उपभोक्ता समितिको ध्यानाकर्षण गराएपनी काम अघि बढन सकेको छैन ।'

खानेपानी आयोजनाका लागि प्रदेश सरकारले भवन निर्माण, ट्याङ्कि निर्माण लगायत गरेपनी पाइपलाइन बिस्तारमा सहयोग नगर्ने भएपछी आयोजना अलपत्र परेको हो । अन्य आयोजनाले गाउँपालिका र वडा कार्यालयको सहयोगमा पाइपलाइन बिस्तार गरिरहेका छ । गिजरास्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान उपाध्यक्ष खिमप्रकाश बिष्टले गाउँपालिका र वडा कार्यालयले सहयोग नगर्दा पाइपलाइन विस्तार हुन नसकेको बताए । 

२ हप्ता अगाडि

प्रतिक्रिया