२०८० मा सेयर बजार झन्डै ४ खर्बले बढ्यो

३ हप्ता अगाडि

काठमाडौँ - २०८० सालमा नेप्से सूचकमा खासै ठुलो परिवर्तन नआए पनि यता मार्केट क्यापिटलाइजेशन (बजार पुँजीकरण) भने झन्डै ४ खर्ब रुपैयाँले बढेको छ । 

२०७९ चैत ३० गते २८ खर्ब १८ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको पुँजी बजार एक वर्षपछि २०८० चैत २८ गतेसम्ममा ३ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँले बढेर ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको हो ।  तथापि, यता नेप्से सूचक भने समीक्षा अवधिमा जम्मा ९१ अंकले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार २०७९ चैत ३० गते नेप्से सूचक १९३४.४७ अंकमा रहेको थियो । तर, २०८० चैत २८ गतेसम्मको कारोबारका आधारमा यो वर्ष नेप्से सूचक ९१.२२४५ अंकले बढ्दै २०२५.७० अंकमा उक्लिएको हो ।

 कारोबारका हिसाबले यो वर्ष सेयर बजारका लगानीकर्ताहरूले त्यति धेरै कमाउन नसके पनि गुमाउनुपरेको छैन। चालु आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति सेयर बजारलाई नियन्त्रण गर्ने गरी मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४\१२ को क्याप लगाइएको थियो भने यस्तो कर्जा प्रवाहमा १०० प्रतिशत रहेको जोखिम भार समेत बढाएर १५० प्रतिशत पुर्‍याइदिएको थियो । यसले सेयर बजारले ठुलो क्षति बेहोर्नुपरेको भन्दै लगानीकर्ताहरूले केन्द्रीय बैंकको नीतिको तीव्र विरोध गरेका थिए ।

यसै मुद्दाले राष्ट्र बैंक र अर्थमन्त्रालयबिच नै तिक्ततापूर्ण अवस्थाको सिर्जना समेत हुनपुग्यो ।  तथापि, आर्थिक वर्ष २०८०\८१ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमा केही संशोधन गर्दै ४\१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो १२ करोडको सीमा मात्र कायम गरिदियो । थप मौद्रिक नीतिको पछिल्लो समीक्षाले सो १२ करोडको सीमा समेत वृद्धि गर्दै २० करोड पुर्‍याइदिएको छ भने १५० प्रतिशतको जोखिम भार समेत घटाएर १२५ प्रतिशतमा झारिदिएको छ । यसले सेयर मार्केट सुधारमा केही भूमिका खेलेको लगानीकर्ताहरूको भनाइ छ । 

 
 

३ हप्ता अगाडि

प्रतिक्रिया