चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक

३ हप्ता अगाडि

काठमाडौं - वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। 

आज रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने यस चलचित्रको १ मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ। टिजरको लम्बाइ निकै छोटो हुन्छ, तर निर्देशक राउतले सबै कलाकारलाई उत्तिकै महत्वका साथ स्थान दिन सफल छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया