पूर्व राजा शाहको सन्देशमा के छ ?

शनिबार, ०१ बैशाख २०८१, ०९ : ०५

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा सन्देश दिदै भनेका छन, ‘आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’ आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने जनमत रहेको दाबी गरेका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको भनाइ छ । 

पूर्व राजा शाहले उन्नत राजनीतिक विधि विधानले उच्चतम उपलब्धि र आसा जगाउन सक्नु पर्ने बताएका छन् । ‘तर हामी कहाँ दायाँ बायाँ जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्‌नै आशा आकाङ्क्षा र भरोसा खल्बलिदै गएको छ’, शाहको जिकिर छ ।  यस्तो हुनु राष्ट्रिय चिन्ताको विषय भएको भन्दै उनले अब त्यो सबै कुराको पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन्।  शाहले २०८० सालमा वर्तमान व्यवस्थाविरुद्ध पटक पटक विज्ञप्तिमार्फत असन्तुष्ट जनाएको थिए । 

शनिबार, ०१ बैशाख २०८१, ०९ : ०५

प्रतिक्रिया