काठमाडौं – रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई पक्राउ गरिएको छ ।
गौर १ शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
साइकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया