अनुभले काठमाडौँलाई नचाउने

२ हप्ता अगाडि

काठमाडौँ - नयाँ वर्षको पूर्वसन्ध्या चर्चित गायक आतिफ असलमले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिएका छन् । 

होटल हायात रिजेन्सीको मैदानमा आयोजित कार्यक्रममा आतिफले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका हुन् । एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले असलमलाई कन्सर्टका लागि नेपाल ल्याएको हो ।  केही दिन नेपाल बस्ने  असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हो ।

यसअघि उनी सन् २०१२ मा पनि दशरथ रङ्गशालामा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएका थिए । आयोजक अर्जुन बस्नेतका अनुसार आज पनि हायातमा काठमाडौँ म्युजिक फेस्ट कार्यक्रम जारी रहनेछ। शनिबार अनुभ जैनसहित द एज ब्यान्ड लगायतको प्रस्तुति रहनेछ । बस्नेतले हरेक नयाँ वर्षमा काठमाडौँ म्युजिक फेस्ट कार्यक्रमको आयोजना गर्ने तयारी रहेको पनि जानकारी दिए ।

२ हप्ता अगाडि

प्रतिक्रिया