आईफोनबाट खिचिएको नेपाली फिल्म रिलिज हुँदै

३ हप्ता अगाडि

काठमाडौं - आईफोन १४ प्रो म्याक्सबाट सम्पूर्ण छायाङ्कन गरिएको नेपाली फिल्म'अ प्लेस अन्डर द सन' विश्व चर्चित ओटीटी प्लेटफर्मबाट रिलिज हुने भएको छ । 

चलचित्र निर्देशक जेसन लोप्चनका अनुसार 'क्राइम' विधामा आधारित उक्त फिल्म एप्पल टिभी, प्राइभ भिडिओ र पिकक् स्ट्रमिङ प्लेटफर्ममा रिलिज हुन लागेको हो । “एक महिना अघिदेखि तेस्रो पक्षसँगको सहयोगमा ती प्लेटफर्मसँग कुरा भइरहेको थियो । हामीले हालै मात्र फिल्म रिलिज गर्नेबारे सम्झौता गरेका हौं,” टेकपानासँग उनले भने, “नेपालमा फिल्म रिलिज गर्ने विकल्प नभएपछि खोज्दै जाँदा यस्तो अवसर जुरेको छ ।” 

निर्देशक लोप्चनका अनुसार फिल्म निर्माणको काम सकिएपछि नेपालमा रिलिज गर्ने प्रयास भएको थियो । तर हलमा रिलिज गर्न बजेट नभएपछि उनीहरूले ओटीटीलाई विकल्प स्वरुप छानेका थिए । सोही क्रममा यो अवसर जुरेको उनले सुनाए । अब क्रमशस् टिजर, ट्रेलर, मार्केटिङ लगायतको काम हुने उनको भनाइ छ । आउँदो जुलाईमा रिलिज हुने यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो । नेपालमा भने हलमा लाग्ने सम्भावना कम भएकाले स्थानीय ओटीटी प्लेटफर्मसँग सहकार्य गर्न खोजिरहेको उनले सुनाए । फिल्मले तीन जना बाल्यकालमा मिल्ने युवाहरूको कथा भन्छ । फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहनेछ । यसैबी आजै फिल्मको पहिलो लुक्स पनि सार्वजनिक गरिएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया