काठमाडौँ विश्वकै प्रदूषित सहर

शनिबार, ०१ बैशाख २०८१, १६ : ०४

काठमाडौं - काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। 

देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन। देशभरको वायु प्रदूषणको मात्रा मापन गर्ने एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० को तथ्याङ्क अनुसार काठमाडौँ सबैभन्दा बढी प्रदूषणको सूचीमा एक नम्बरमा रहँदा दोस्रो नम्बरमा बङ्गलादेशको ढाका रहेको छ।  भारतको कोलकाता तेस्रो स्थानमा रहेको छ। काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७८ रहेको छ ।  यो स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। 


 

शनिबार, ०१ बैशाख २०८१, १६ : ०४

प्रतिक्रिया