वीरगन्जमा वृद्धा आश्रम निर्माण कार्य शुरु

२ हप्ता अगाडि

काठमाडौँ - वीरगन्जको   विन्दबासीनीमा वृद्धा आश्रम निर्माण कार्य  थालिएको छ। 

तिलावे नदीको पश्चिम–दक्षिण तर्फको सात बिघा जग्गामा संघ सरकारको ६४ लाख रुपैयाँको करोड रुपैयाँको लागतमा सुविधासम्पन्न वृद्धा आश्रम निर्माण गर्न थालिएको हो ।  शनिबार पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले हनुमान वृद्धा आश्रम निर्माण कार्यको शिलान्यास गरेका हुन्। उक्त वृद्धा आश्रम निर्माणको ठेक्का पर्साको मृत्युञ्जय–कुनाल जेभी कन्स्ट्रक्सन प्रालिले सकारेको छ।

आगामी असार १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनिसंग सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य चौरसियाका स्वकीय सचिव चन्दन सहनीले जानकारी दिए। उनका अनुसार विन्दावासिनीमा निर्माण गर्न लागिएको वृद्धा आश्रममा हालका लागि १२ वटा कोठा, पाँच वटा शौचालय र एउटा सभाकक्ष रहनेछन्। पछि थप बजेट प्राप्त भएपछि आवश्यक संरचनाहरू थपिने योजना रहेको सहनीले जानकारी दिए।    


 

२ हप्ता अगाडि

प्रतिक्रिया