भाटभटेनीको आगलागीबाट एक करोडभन्दा बढीको क्षति

२ हप्ता अगाडि

काठमाडौँ - काठमाडौंको  कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

 नेपाल प्रहरीका अनुसार १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बीसीटी १ थान, फ्रिज कम्प्रेशर १ थान जलेर नष्ट भएको छ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया