काठमाडौं – छाडा चौपायाको कारण हुने सडक दुर्घटनाका कारण क्षति हुने क्रम रोकिन सकेको छैन । मानिसहरुमा यस सम्बन्धी चेतनाको कमी वा लापरबाहीका कारण कतिपयले ज्यान गुमाउनुपरेका समाचारहरु आइरहन्छन् । यस्तै दुर्घटना रुपन्देहीको भैरहवामा भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार ३६ वर्षीय सुरेश बहादुर चन्दको चन्द शुक्रबार राति गस्तीमा गएका बेला उनले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चन्दको उपचारका क्रममा मृत्यु भएको हो । उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ निवासी हुन ।
हवल्दार चन्दसँगै मोटरसाइकल पछाडी बसेर गस्तीमा गएका अर्का प्रहरी जवान ३० वर्षीय टोपबहादुर बस्नेत घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालले बताए ।
प्रतिक्रिया