काठमाडौं – खोटाङमा स्थानीय भीमबहादुर राईको मकैबारीमा लुकेर बसेका तीन जनाको समूहले छुरा प्रहार गरेर एक जनाको हत्या गरेको खोटाङ प्रहरीले जनाएको छ । छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति सवा ८ बजे मृत्यु भएको बताइएको छ ।
छुरा प्रहार गर्ने तीनै जना फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिएका छन् ।
प्रतिक्रिया