काठमाडौँ - क्रिप्टो करेन्सीमार्फत कारोबार गरेको सट्टेबाजी गराएको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीका सञ्जयकुमार साह, रामजी साह र राकेश चौधरी छन् । उनीहरूलाई सर्लाहीबाट पक्राउ गरेर काठमाडौं ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए । एसएसपी राठोरका अनुसार उनीहरू मध्ये सञ्जय क्रिप्टो करेन्सीका नेपाली एजेन्ट हुन् । उनीहरू तीनै जनाको खाताबाट ३५ करोड रुपैयाँको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी राठोरले जानकारी दिए ।पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि आज अदालत लैजाने तयारी भइरहेको छ ।
प्रतिक्रिया