अख्तियारमा तानिंदै विनोद र अरुण चौधरी

आइतबार, ०२ बैशाख २०८१, १६ : ३१

काठमाडौं – कांग्रेस सांसद विनोद चौधरी र उनका भाइ अरुण चौधरी दुबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि तान्ने भएको छ । अनियमितता गरेर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरेको ठहर गर्दै अख्तियारले उनीहरुलाई बयानका लागि तान्ने भएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले यस अघि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले पनि विनोद चौधरीसँग बयान लिएको थियो अरुणलाई पक्राउ गरेको थियो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले अख्तियारले पनि बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान थालेको र अनुसन्धान अधिकारीहरु उक्त प्रकरणमा सामेलहरुको बयान लिने निधोमा पुगेको आजको अर्थलाई जानकारी दिए ।

अख्तियारका अनुसार कम्पनीको हर्ताकर्ता अरुण रहे पनि तत्कालीन समयमा च्याम्पियन फूटवेयरका तर्फबाट कार्यकारिणी भूमिकामा विनोद चौधरीकै नाम रहेको कागजात समेत फेला परेको छ । २०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी ग्रुपले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरका नाममा दर्ता गरेको थियो । च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा अहिले चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ ।

ूमरणिय छ, बाँसबारी छालाजुत्ताका तर्फबाट सुरुमा च्याम्पियन फूटवेयरमा शेयर लगानीका रुपमा राखिएको सरकारी जग्गा हत्याउने दाउसहित माडवारी व्यापारी लुनकरण दास चौधरीले पत्नी गंगादेवी, छोराहरू विनोद कुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र ज्वाइँ महेशकुमार अग्रवालका नाममा कम्पनी स्थापना गरेका थिए । जुन कम्पनीले बाँसबारीको जग्गा आफ्नो नाम दर्ता गरेर दुई वर्ष मै जुत्ता उत्पादन बन्द गरेको थियो ।

आइतबार, ०२ बैशाख २०८१, १६ : ३१

प्रतिक्रिया