सिँचाइ विभागको महानिर्देशक नियुक्त बराल को हुन ?

२ हप्ता अगाडि

 काठमाडौं – सरकारले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जिव बराल नियुक्त गरेको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयले बराललाई महानिर्देशक बनाउने निर्णय गरेको हो । महानिर्देशक बरालले पद बहाल गरिसकेका छन् ।

महानिर्देशक बरालसँग विभिन्न परियोजनामा काम गरेको अनुभव छ । उनी सिँचाइ क्षेत्रमा परम्परागत विकासलाई भन्दा नयाँ प्रविधिलाई आत्मसात् गरेर अगाडि बढाउने पक्षमा छन् ।

भेरीबबई डाइभर्सन बराल आयोजना प्रमुख भएको भेरीबबई डाइभर्सन सुरुङमार्गकोकोे  तोकिएकै समयमा  ब्रेक–थ्रु भएको थियो । बरालले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको रुपमा पनि काम गरिसकेका छन् । उनी सचिव भएको बेला बागमती प्रदेशका सबै जिल्लामा सडकलगायतका पूर्वाधार विकासमा धेरै पुँजीगत खर्च भएको थियो ।

२ हप्ता अगाडि

प्रतिक्रिया