फिल्म ‘सारंग’ सुटिङ सुरु

२ हप्ता अगाडि

काठमाडौँ - बालमनोविज्ञानको बिषयमा निर्माण हुन थालेको फिल्म ‘सारंग’ को सुटिङ सुरु भएको छ । 

आइतबारदेखि फिल्मको सुटिङ  काठमाडौँमा सुरु भएको हो । फिल्मका सुटिङ काठमाडौँ आसपासको स्थानमा गरिनेछ । केही दिन अगाडि निर्माण घोषणा भएको फिल्म प्रशान्त तामाङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा ऋचा शर्मा ,उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीको अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको पनि मुख्य भूमिका रहनेछ । 

कोरियोग्राफर समेत रहेका  परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्मले बालमनोविज्ञान, बालअधिकारको अलवा धनी र गरिब परिवारबिचको खाड्ल कथा बनाएको छ । यसअघि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ फिल्म बनाएका प्रशान्तले समाजलाई सकारात्मक सन्देश प्रवाह फिल्मले गर्ने बताए । दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्म बालदिवसको छेकोमा रिलिज हुनेछ । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया