त्रिभुवन विमानस्थलमा स्क्यानिङ नभएपछि कार्गो व्यवसायीले सामान निकासी गर्न बन्द

२ हप्ता अगाडि

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतबारदेखि सामान निकासी गर्न बन्द गरेका हुन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरुले भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरूको काम बन्द गरेको बताए । 

कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए । उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताए । उनले सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ रु भन्दै प्रश्न गरे । उनले सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरबाही भएको आरोप लगाए । उनले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आइतबारदेखि पूरै काम ठप्प पारेको बताए । उनले मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौती लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गरे । 

लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको उनले बताए । उनले तीन निकायहरू पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन । एकले अर्कोलाई आरोप देखाएर बसिरहेको उनले बताए । उनीहरुले व्यापारीहरूले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।  
 

२ हप्ता अगाडि

प्रतिक्रिया