अख्तियारलाई समेत टेर्दैन टेलिकम

२ हप्ता अगाडि

काठमाडौं – नेपाल टेलिकम लिमिटेडले निकालेको नयाँ बिलिङको टेण्डरमा बदनियत राखेको पाइएको छ ।  एसिया इन्फोले पाउनेगरी निकालेकोउक्त टेण्डरगएको चैत १८ गते  आह्वान गरेको थियो ।


स्रोत बन्छ, टेलिकमले चार वर्ष अघिको अमेरिकी डलरको भाउमा टेण्डर आह्वान गरेको छ । जसले गर्दा यो टेण्डर नियतवस एसिया इन्फोले पाउनेगरी आह्वान गरिएको देखिन्छ ।


टेलिकम स्रोतका अनुसार टेण्डर डकुमेन्ट तयार गर्दा एक दर्जनभन्दा बढी कर्मचारीले हेरेर मात्र सदर हुन्छ । त्यसरी सदर भएको टेण्डर प्रस्ताव चार वर्षअघिकै डलर रेटमा राखिनुको मतलव ठेक्कामा विवाद सिर्जना गरेर पुरानै कम्पनीलाई दिन खोजिएको देखिन्छ ।

स्रोत अगाडि भन्छ, टेलिकमले टेण्डर आह्वान गरेको दिन (चैत १८ गते) अमेरिकी डलरको रेट एक रुपैयाँ बराबर १३३।७५ पैसा थियो । तर, टेलिकमले पूर्वप्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको पालामा नयाँ बिलिङ प्रणाली किन्न गरेको निर्णयकै मितिमा कायम एक डलरको ११८ रुपैयाँका भाउले टेण्डर निकालेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान विभागले समेत पत्र काटिसकेको छ ।

 पुरानै बिलिङ प्रणालीबाट काम चलाइरहँदा कम्पनिलाक्षर्् वार्षिक अर्बौ रुपैयाँ घाटा भएको स्रोतको दाबी छ । पुरानो थोत्रो विलिङ सिस्टम परिवर्तन नगर्दा टेलिकमबाट चुहावट भइरहेको छ । यसै कारण सेवासमेत पटक पटक अवरुद्ध हुँदै आएको छ । गत मंगलबार पनि घण्टौँसम्म टेलिकमको सेवा अवरुद्ध भएको थियो ।

टेलिकमले नयाँ बिलिङ टेण्डरलाई बेवास्ता गरेर हालको चिनियाँ सप्लायरसँग ६ वर्षको वार्षिक मर्मत गर्ने भनेर ढिलाइ गरेको छ । अख्तियारले समेत टेलिकमलाई बिलिङ प्रणाली सुधार गर्न निर्देशन गरिसकेको छ । तर, त्यसतर्फ टेलिकमले ध्यान दिएको छैन । उल्टै थोत्रो बिलिङ प्रणालीलाई मर्मत गर्ने भन्दै अख्तियारको निर्देशनलाई समेत वास्ता गरेको छैन । संवैधानिक निकाय अख्तियारलाई समेत नटेर्ने टेलिकमको अनियमितता कसले रोक्ला ?

२ हप्ता अगाडि

प्रतिक्रिया