मुख्यसचिव अर्यालसँग बिलिङ प्रकरण्मा बयान लिंदै अख्तियार

२ हप्ता अगाडि

 काठमाडौं – नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाएको छ । हालका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, दुई सहसचिव, टेलिकम सञ्चालक समितिका पदाधिकारी र ३० उच्च पदस्थ कर्मचारीसँगअख्तिायारले  बयान लिन थालेको हो 

अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धानका सिलसिलामा सञ्चालक समितिका पदाधिकारीहरुदेखि निर्णय प्रक्रियामा संलग्न अरु कर्मचारीहरुलाई बोलाइएको हो’, मुख्यसचिव र सञ्चालक समितिका पदाधिकारीहरुसँग अब बयान लिने तयारी छ ।’

अख्तियारले यस अघि नै टेलिकमका पूर्व प्रबन्ध निर्देशक डिल्लीराज रेग्मीसँग बयान लिइसकेको छ । निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीसँग पनि बयानको तयारी गरेको छ । दुवैजना बिलिङको मर्मतसम्भार ठेक्कासम्बन्धी प्रक्रियामा संलग्न रहेको अख्तियारको आरोप छ ।
मुख्यसचिव डा. बैकुण्ठ अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए । सञ्चार मन्त्रालयको सचिव नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।

अख्तियार स्रोतका अनुसार, बयानका लागि डाकिएकाहरुको सूचीमा अर्थ मन्त्रालयका सहसचिव भुपाल बराल, उत्तरकुमार खत्री, कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, कर्मचारी प्रतिनिधि शंकर लामिछाने लगायत छन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया