अभिनेत्री हेगडेले मुम्बईमा ४५ करोडको घर किनिन्

२ हप्ता अगाडि

काठमाडौं - बलिउड अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोडको घर किनेकी छन् ।

अभिनेत्रीले मुम्बईको बान्द्रामा एक समुद्र(फेसिङ बंगलामा लगानी गरेकी छिन्। यो बंगला ४ हजार स्क्वायर फिटमा फैलिएको छ । अभिनेत्री पूजा हाल ८ करोडको थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी छन् । यसको मूल्य ६ देखि ८ करोड रूपैयाँ रहेको बताइएको छ । पूजासँग पोर्श केयेनजस्ता लक्जरी कार पनि छ जसको मूल्य करिब २ करोड  पर्छ ।  अभिनेत्रीको कुल सम्पत्ति ५१ करोड  छ । उनले सन् २०१६ मा ‘मोहेन्जो दारो’बाट डेब्यु गरेकी थिइन् । पूजाको आगामी फिल्म देवा हो । 

२ हप्ता अगाडि

प्रतिक्रिया