एक वर्षमा ५ अर्ब ऋण तिर्‍यो वायुसेवा निगमले

२ हप्ता अगाडि

काठमाडौँ - नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ता बापतको ५३ करोड नौ लाख ५५ हजार रूपैयाँ बुझाएको छ।

निगमले २०८० चैत मसान्तसम्मको किस्ता बुझाएको हो । यससँगै निगमले गत वर्ष ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रूपैयाँ किस्ता भुक्तानी गरेको छ। कोरोनाका कारण निगमको व्यापारमा असर परेकाले  सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गर्न र किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्वको भुक्तानीलाई सहज गरिदिन निगमले दुबै कोषलाई पत्र पठाएको छ । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया