अन्जु पन्तको ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौँ - लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रमोद खरेल स्वर रहेको गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठको शब्द तथा सङ्गीत रहेको गीतमा कमल सौरागको सङ्गीत संयोजन छ । माया प्रेम र कल्पनालाई प्राथमिकता दिएर शब्द लेखिएको गीतको भिडियोमा शिल्पा पोखरेल र अनुपजंग थापाको अभिनय छ । गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् मीन रावलको सम्पादन रहेको भिडियोमा मुकेश हुमागाईँको छायाङ्कन छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया