‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई

१ हप्ता अगाडि

काठमाडौँ– ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छिन् ।

शोको नयाँ कोचमा मेलिनासँगै गायक छेवाङ शेर्पा पनि छन् । पुरानो कोचका रुपमा भने प्रमोद खरेल नै छन् ।

६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले भाग लिन पाउने शो को यतिबेला पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको बताइएको छ ।

 शोबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन ।

१ हप्ता अगाडि

प्रतिक्रिया