बाँकेको सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

१ हप्ता अगाडि

काठमाडौँ - बाँकेको राप्ती सोनारी गाउँपालिका- ६ फत्तेपुरमा स्थापित कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना अन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको छ । 

प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको छ । जोरैयामा मात्रै ताराबहादुर थापाको अध्यक्षतामा १८ जना मेन्थाखेती गर्ने किसानले समूह बनाएर सुगन्धित तेल उत्पादन गर्दै आएका थिए । परियोजना सकिएपछि समूहले तेल उत्पादन र बिक्री वितरण गर्न नसकेपछि किसानले घाटा व्यहोर्नु परेको  छ । 

मेहनत गरेर उत्पादन गरेको मेन्थाबाट तेल प्रशोधन गरी नेपालगञ्ज पुर्‍याउँदा मूल्य सुनिश्चित नहुने र बजारसमेत नपाउने भएपछि किसानले चार(पाँच वर्षमै मेन्थाखेती गर्न छाडेको स्थानीय अगुवा लालबहादुर थापाले बताए । परियोजना सञ्चालन हुँदा फत्तेपुरमा मात्रै ८० बिघा जमिनमा मेन्थाखेती विस्तार भएको थियो ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया