तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा

१ हप्ता अगाडि

काठमाडौँ- भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताए । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए।

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उहाँले बताउनुभयो । पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो । एक सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया