भेरीमा निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा

१ हप्ता अगाडि

काठमाडौँ - भेरी करिडोर सडक आयोजना अन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको  छ । 

बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । पुलको बेस प्लेट जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए । जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।  पुलका सबै पाता यति बिल्र्डसले जडान गरेको छ भने बेस प्लेटदेखि ढलान, पालको काम बुद्धिबहादुर खत्रीले गर्ने सहमतिअनुसार काम भइरहेको प्रमुख रञ्जितकारले बताए । 

१ हप्ता अगाडि

प्रतिक्रिया