'पुजार सार्की' को पहिलो गीत 'दर्शन गरेँ' सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौँ - आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की' को पहिलो गीत 'दर्शन गरेँ'  सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय' कौडा नृत्यु मा आधारित छ ।

यस गीतमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ । यसका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको सङ्गीत रहेको यस गीतमा प्रकाश सपुत र र शान्ति श्री परियारको स्वर रहेको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया