आइफोनबाट खिचेको फिल्म फेस्टिभलमा छनोट

१ हप्ता अगाडि

काठमाडौं - नेपाली भाषाको फिल्म ‘गुराँस’का निर्देशक सौरभ राईले आइफोनबाट खिचेको फिल्म ‘क्रसिङ बोडर्स’ भारतको प्रतिष्ठित मुम्बई फिल्म फेस्टिभल (मामी) मा छनोट भएको छ ।

उदाउँदा र स्वतन्त्र फिल्ममेकरलाई प्रोत्साहन गर्न फेस्टिभलले गत वर्ष ‘मामी सेलेक्ट :  फिल्म्ड अन आइफोन’ प्रतिस्पर्धाको आह्वान गरेको थियो । एप्पल कम्पनीको आइफोन १५ प्रोम्याक्सले छायांकन गरिएका र म्याकबुक प्रोमा सम्पादन गरिएका पाँच फिल्म छनोट गरिएको हो । जसमा सौरभको फिल्मसहित अर्चना अतुल फड्के, फराज अली, प्रतीक वत्स र सौम्यानन्द साहीका फिल्म छनोट भएका हुन् । यी सबै आइफोन फिल्मलाई मामीको युट्युब च्यानलमा स्ट्रिमिङ गरिएको छ ।

राई निर्देशित २६ मिनेट लामो फिल्मले जीविकोपार्जनको लागि नेपाल–भारत सीमामा अवैध रुपमा खाद्यान्न ओसारपोसार गर्ने तीन पात्रको कथा भन्छ । जब उनीहरु सीमा अधिकारीबाट समातिन्छन्, मुक्त हुन उनीहरुले गरेको संघर्षको कथा यसमा छ । अमेरिकी फोन निर्माता कम्पनी एप्पलले आफ्नो आधिकारिक वेबसाइटमा सौरभसहित छनोट भएका पाँचै फिल्ममेकरबारे फिचर गरेको छ । आइफोनबाट खिचिएका यी फिल्मले मापदण्डलाई चुनौती दिएको छ । कथावाचनसहित निर्माणको सन्दर्भमा नयाँ रुप सिर्जना गरेको मामी फेस्टिभलले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया