कर्णालीमा संस्कृतिको उत्सव

१ हप्ता अगाडि

काठमाडौँ - कर्णाली भूमिमा लेखन र पठन संस्कृति’को विकास गर्ने उद्देश्यसहित मंगलबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा  संस्कृतिको उत्सव सञ्चालन हुने भएको छ । 

कार्यक्रमको आयोजक संस्था कर्णाली रिडर्स सोसाइटीले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको छ । कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा लेखक डा। नवराज केसीले बताए । उत्सवमा कर्णालीको इतिहासका बहुआयामिक क्षेत्रको विषयमा लेखन, प्रकाशन, विमर्श र पठन संस्कृतिको विकासका लागि सकारात्मक वातावरण तयार गर्न बहस गरिने छ । 

‘नेपाली भेषभुषा, रीतिरिवाज र परम्पराको सामाजिक, ऐतिहासिक अध्ययनको लागि यो क्षेत्र उर्वर भूमि हो,’उनले भने, ‘यो एउटा अभियान हो, यहाँका प्रचुर सम्भावनाहरूको खोज गर्ने, अवसर प्रदान गर्ने साझा मञ्चका रूपमा अब बर्षेनी वृहत कर्णाली साहित्य महोत्सव हुने छ ।’उत्सवमा योगी नरहरीनाथदेखि कर्णालीको इतिहासका विषयमा लेखिएका पुस्तकहरू प्रद्धशनीमा राखिने पनि उनले बताए । कर्णालीका विषयमा लेखिएका करिब ५ सय पुराना पुस्तकहरू संकलन गरिएको पनि उनले जानकारी दिए  । उत्सवमा देशभरका साहित्यकार, कवि, विद्धान लेखकहरूको उपस्थिति रहने छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया