बाइसधारामा नुहाउनेको लर्को

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौंको  चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ।

काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा रहेको बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे रोग पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ। यहाँ स्नान गरीसकेपछि स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन रहेको छ। जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध बसेको मानिन्छ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताए। भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ। मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ। बाइसधाराको धार्मिक तथा सांस्कृतिक महत्व भएपनि संरक्षणको भने अभाव छ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया