नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात

१ हप्ता अगाडि

काठमाडौँ - चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको जडीबुटी निर्यात भएको हो ।

तथ्यांक अनुसार यस अवधिमा ६२ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । यसबाहेक १ अर्ब ४६ करोडको कथ्था निर्यात हुँदा रुद्राक्षका दानाबाट ३ करोड ५९ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । ५ करोड रुपैयाँभन्दा बढीको अर्गेलीको बोक्रा निर्यात हुँदा १० करोड ८ लाख रुपैयाँको रिट्ठा निर्यात भएको छ । यसबाहेक अम्रिसोको निर्यातबाट १ अर्ब ११ करोड रुपैयाँ आर्जन भएको छ । यस्तै भन्सार विभागका अनुसार यस अवधिमा ५ करोड ८३ लाख रुपैयाँको गिन्सिङका जराको निर्यात भएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया