सिन्दुरे जात्रा सम्पन्न

१ हप्ता अगाडि

काठमाडौँ - चैत शुक्ल पूर्णिमाको दिन सात तले दरबार राष्ट्रिय सङ्ग्रहालयसँगै रहेको भैरवी मन्दिरबाट जालपादेवी मन्दिरमा गएको धामिधमिनी र भैरवीको रथलाई भैरवी मन्दिरमा ल्याइएपछि हर्षकासाथ सिन्दुर घसेर रमाइलो गर्दै जात्रा सम्पन्न भएको छ।

नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर हालेपछि २०८१ सालको सिन्दुरे जात्राको मुख्य रौनक सुरु भएको हो । नुवाकोटको सबैभन्दा ठूलो यस मेला सिन्दुरे जात्रा चैत शुक्ल द्धितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र बुढी देवता अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ । द्धितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् । 

पचहत्तर वर्षीय धामी हरिमान सिंह डङ्गोलले धमिनीलाई सिन्दुर लगाएर सुरु भएको जात्रामा सहभागीले सिन्दुरजात्रा गरी रमाइलो गरेका थिए । नुवाकोटको दरबार क्षेत्रको भैरवी मन्दिर र देवीघाटको जालपा क्षेत्रमा जात्रालुको घुइँचो लागेको थियो । जिल्लाको ठूलो पर्व मानिने सिन्दुर जात्रा पाँच दिनसम्म लाग्छ । चैत पूर्णिमा मेला पनि भनिने सिन्दुरे जात्रा चैत शुक्ल द्वादशीको दिन भैरवी मन्दिर अगाडि र बूढीदेवीको थान अगाडि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ । द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र तृतीयाको दिन धामीले भोग खाएपछि सकिन्छ । 

किम्वदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा दिदी आएको अवसरमा सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुरे जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ । देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनी सहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पुर्‍याएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको छ। 


 

१ हप्ता अगाडि

प्रतिक्रिया