म्युजिक भिडियो निर्देशक संघको अध्यक्षमा बबिता श्रेष्ठ

१ हप्ता अगाडि

काठमाडौंँ- म्युजिक भिडियो निर्देशक संघको अध्यक्षमा बबिता श्रेष्ठ चयन भएकी छन् । संघको शनिबार सम्पन्न दोस्रो साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा डिआर सुजन, द्धितिया उपाध्यक्षमा जनक सिंह रहेका छन् । त्यस्तै सचिवमा प्रविण थापा, कोषाध्यक्षमा  छत्र बहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा अन्जन पुडाशैनी रहेका छन् । सदस्यहरुमा जयदत्त भट्ट, खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी,  सुरेन्द्र बसेल, रुन्द्र बहादुर बुढाथोकी र संगीत सागर बुर्जा रहेका छन् ।  संघको यसअघि अध्यक्षमा बिधान कार्की रहेका थिए । उनी आधाआधी कार्यकालमै बिदेश पलायन भएपछि कार्यबहाक अध्यक्षको रुपमा देबेन्द्र पाण्डेले संघ चलाउदै आएका थिए ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया