‘बुझिनँ मैले’ गीतलाई ३ सातामै करोड भ्युज

२ हप्ता अगाडि

काठमाडौँँ - केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’मा समावेश ‘बुझिनँ मैले’ गीत करोड क्लबमा प्रवेश गरेको छ ।

प्रकाश सपुतको शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारीको स्वर छ। सुदीप सागरले एरेन्ज गरेको गीतमा प्रकाशले पनि स्वर दिएका छन्। यस गीतले १ करोड भ्युज पाएपछि गायिका अधिकारीले खुसी व्यक्त गरेकी छन् । गीतको भिडिओमा फिल्मकै मुख्य कलाकार केकीसहित सुलक्षण भारती, रमा थपलियालगायतको अभिनय छ। गीतको शब्ददेखि नृत्यसम्म दर्शकले निकै रुचाएका छन्। 

२ हप्ता अगाडि

प्रतिक्रिया