‘फेस अफ नेपाल २०२४’ यस वर्ष पनि आयोजना हुने

२ हप्ता अगाडि

काठमाडौं- सन् २०१६ देखि हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२४’ यस वर्ष पनि आयोजना हुने भएको छ । आयोजक एमएस प्रोडक्सनले आइतबार पत्रकार सम्मेलन गर्दै आवेदन खुला भएको जानकारी दिएको हो ।

यो ‘मोडल हन्ट’मा पुरुष र महिला सहभागी हुन सक्नेछन् । जसका लागि पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्नेछ । पुरुष र महिलाको उमेर १८ देखि ३० वर्षसम्म हुनुपर्नेछ । सन् २०२४ को संस्करणका लागि वैशाख १७ गतेदेखि आवेदन खुला भएको जनाइयो । यसका लागि सातवटै प्रदेशमा अडिसन हुने जनाइएको छ । अडिसनबाट छनोट हुनेलाई १५ दिने ग्रुमिङ तालिम दिइने भएको छ ।

जुलाईमा हुने फिनालेमा जजको मूल्यांकन र भोटबाट तीनजना विजेता घोषित हुनेछन् । यस वर्षको प्रतियोगितामा स्मिथ तामाङले कोरियाग्राफी गर्नेछन् । रुपेश थापा अफिसियल फोटोग्राफरको रुपमा छन् । होस्टको रुपमा सेसेमी लिम्बू छन् । आयोजक संस्थाकी राष्ट्रिय निर्देशकमा मेनुका माझी छिन् । तीनै विजेताले नोभेम्बर महिनामा दक्षिण कोरियामा हुने मोडल हन्टमा भाग लिने मौका पाउनेछन् । दक्षिण कोरियामा हुँदै आएको यो मोडल हन्टलाई नेपालले फ्रेन्चाइजको रुपमा लिएको छ । दक्षिण कोरियामा २७ भन्दा बढी देशले भाग लिने जनाइएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया