सिरियल ‘बुहारी’ अब हिमालयन टेलिभिजनमा

२ हप्ता अगाडि

काठमाडौँ - टेलिश्रृंखला ‘बुहारी’ हिमालय टेलिभिजन र ओएसआरको युट्युब च्यानलमा एकसाथ प्रसारणमा आउने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच टेलिश्रृखलाका निर्माता रामचन्द्र बोहराले ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवालसँग प्रसारण सम्झौता गरे । 

कार्यक्रममा टेलिश्रृंखला  हिमालयन टेलिभिजनबाट प्रसारणको विषयमा हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवालबिच पनि सम्झौता भयो । सम्झौता अनुसार यो सिरियल शुक्रबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युब च्यानलमा पनि देख्न सकिनेछ ।

सिरियल २ वर्षको लागि सम्झौता भएको हो ।युट्युबमा दर्शकले रुचाउँदै आएको ‘बुहारी’ यसअघि ‘बुहारी अफिसियल’ युट्युब च्यालबाट प्रसारण हुँदै आएको छ । अहिलेसम्म १७३ भाग ‘बुहारी अफिसियल’ युट्युबमा आएको टेलिश्रृंखलाको अबको भाग अर्थात १७४ बाट हिमालय टिभी र ओएसआरमा आउनेछ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया