‘मनसरा’ फिल्मको गीत ‘झ्यालको’ सार्वजनिक

२ हप्ता अगाडि

काठमाडौँ - उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको गीत ‘झ्यालको’ सार्वजनिक गरिएको छ । 

फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रविण खतिवडा र मिरुना मगरको फिल्ममा रहेको केही दृश्यहरू समावेश गीतले कथासार केही बुझाउँछ । झुमा लिम्बुको संगीत, हर्क साउदको शब्द र सनुप पौडेल र झुमा लिम्बुको स्वर गीतमा छ । ‘कविता कन्सर्ट’ गर्दै केही फरक शैलीमा प्रचार गरेको निर्माण युनिटले गीतले पनि फिल्मको प्रचारमा सहयोग पुग्ने विश्वास लिएको छ । फिल्म बाहुन र लिम्बुनीको निकटताले निम्ताएको समस्याको कथामा बनेको छ । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया