एक कम्पनी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ हप्ता अगाडि

काठमाडौँ - सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आव २०७७\७८ र २०७८\७९ का लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख १९ गते बुकक्लोज गर्दैछ । अर्थात आज वैशाख १८ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् । हाइड्रोले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आगामी वैशाख ३१ गतेका लागि वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया