तानसेन महोत्सवमा ८ करोडको कारोबार

२ हप्ता अगाडि

काठमाडौँ - तानसेन नगरपालिकाले आयोजना गरेको तानसेन महोत्सवमा ८ करोड कारोबार र महोत्सवबाट ४० लाखभन्दा बढी नाफा भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी नगरप्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए । करिब ८ करोडको कारोबार भएको छ । ४३ लाख ६६१ रुपैयाँ ६० पैसा नाफा भएको उनले बताए । करिब ३ लाख दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकको दावी छ। गत फागुन १९ देखि चैत १ गतेसम्म कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार तानसेन महोत्सव सञ्चालन भएको थियो। जिल्लामै पहिलोपटक स्थानीय तह आफैँले महोत्सव आयोजना गरेको हो।

राजधानी राइड्स नेपालले ६१ लाख रुपैयाँमा ठेक्का लिएर महोत्सव सञ्चालन गरेको थियो। अन्य विभिन्न सरकारी निकायले समेत मेलामा आर्थिक सहयोग गरेका थिए। कुल ६२ लाख ७७ हजार आम्दानी भएको थियो। १९ लाख ७६ हजार ३३८ रुपैयाँ ४० पैसा खर्च भएको कार्कीले बताए।
 

२ हप्ता अगाडि

प्रतिक्रिया