सेयर बजारमा  दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

२ हप्ता अगाडि

काठमाडौं-  साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले बढेको छ । मंगलबार बजार २५.९३ अंकले बढेर २००६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत, बोटलर्स नेपाल (तराई)को ७.६२ प्रतिशत, शाइन रेशुङ्गा बैंकको ७.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट
सर्वाधिक सेयर कारोबार  गर्ने कमपनीहरु
सबैभन्दा बढी शाइन रेसुङ्गा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड १९ लाख ७६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गोर्खाज फाइनान्सको नेपाल फाइनान्सको १६ करोड १५ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन पोखरा फाइनान्सको १४ करोड ४८ लाख ५३ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको १२ करोड ८९ लाख ४१ हजार रुपैयाँ र आइसीएफसी फाइनान्सको १२ करोड ५६ लाख २६ हजार रुपैयाँको कारोबार भएको हो ।

२ हप्ता अगाडि

प्रतिक्रिया