नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन अध्ययन समितिको सुझाव

२ हप्ता अगाडि

काठमाडाै- नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई  सुझाव दिएकाे छ ।   सरकारले २०८० साल माघ ९ गते सिवाकोटी संयोजक रहने गरि तीन सदस्य समिति बनाएको थियो । उक्त समितिले विभिन्न विकल्पसहित सुझाव दिएको हाे ।

समितिका संयोजक चिन्तामणि सिवाकोटिका अनुसार अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको हो ।  जसमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वित्तरण गर्न सकिने , पुरानो स्टक एक्सचेञ्जको पूनर्संरचना गर्न सकिने अथवा दुवै विकल्पलाई सँगैसँगै अगाडी बढाउन सक्ने गरि विभिन्न विकल्प तयार पारेर सरकारलाई प्रतिवेदन बुझाइएको छ ।  

नयाँ स्टक एक्सचेञ्जको लागि निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकालमा नै तीन वटा समूहले आवेदन दिएका छन् । अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्जका लागि अनुमति दिन सकिने जनाएपछि अब यी तिन समूहबीच तीव्र मोलमलाई र भिडन्त हुने निश्चित देखिन्छ । यहि विषय पेचिलो बन्दा हाल धितोपत्र बोर्डको अध्यक्ष पनि सरकारले नियुक्ति गर्न सकेको छैन ।  

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूहमा हिमालयन स्टक एक्सचेञ्ज , अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज छन् ।   लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष  शुशिल भट्टका सहोदर भाइ हुन् । हिमालयन स्टक एक्सचेञ्जमा भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।   धितोपत्र बोर्डले अब लाइसेन्सको आवेदन पक्रिया पु¥याएर आवेदन दिने बाटो खुलेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया