प्रत्येक जिल्लालाई समान रूपमा बजेट व्यवस्था गर्न सांसद कार्कीको माग

२ हप्ता अगाडि

काठमाडौँ - नेपाली कांग्रेसकी सांसद मैना कार्कीले सडक पूर्वाधारका लागि प्रत्येक जिल्लालाई समान रूपमा बजेट व्यवस्था गर्न माग गरेकी छिन् । आज प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले  मध्यपहाडी सडक आयोजना अन्तर्गत जाजरकोटको मन्ताभिरमा सडक निर्माणको काम रोकिएकोप्रति ध्यानाकर्षण गराइन् ।  

उनले मध्यपहाडी क्षेत्रमा ट्र्याक खोल्दा धुलाम्मे हुँदा स्थानीय प्रभावित भएको, उनीहरूको स्वास्थ्यमा समस्या परेको बताइन् । सांसद कार्कीले जाजरकोट हुँदै जुम्ला जाने बाटो मर्मत नहुँदा दुर्घटना हुने गरेको र भाडा दर महंगो हुने गरेको र आगामी आर्थिक वर्षमा समानुपातिक रूपमा प्रत्येक जिल्लामा बजेट व्यवस्था गर्न आग्रह गरिन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया