‘जाउँ साइँली बेनी बजार’पुनः रेकर्ड

२ हप्ता अगाडि

काठमाडौँ - स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’ पुनः रेकर्ड भएको छ । गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो ।

मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ । भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ ।  भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन  भिडियोमा छ । गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया