कस्तो रहला आजको सेयर बजार ? दुई हजारको विन्दुबाट उकालो लाग्ला ?

अहिले पनि ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिमभार रहेको छ । सेयर धितो कर्जामा सीमा तोकिएको छ ।

१ हप्ता अगाडि

काठमाडाैँ-  अघिल्लो साता केही सुधारउन्मुख देखिएको नेप्से परिसूचक यो साता कस्तो रहला भन्ने आम चासोको विषय बनेको छ । नेप्से सूचक दुई हजारको विन्दुको मनौवैज्ञानिक तहबाट पुन तल्लो विन्दुमा ओर्लिएको अबस्थामा  यो साता केही आशावादी लगानीकर्ताहरु छन् । लामो समयदेखि सूचाक नेप्से १८ सयदेखि २२ सयको लाइनमा घुमेको घुम्यै छ । २ हजार विन्दुमाथि गएको नेप्से यस साताको अन्तिम कारोबार दिनमा पुनः २ हजारको मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ । 

बियरिस चक्र चलेको झन्डै ३ वर्ष हुन लाग्दा पनि बजार माथि जाने कुनै संकेत नदेखिंदा लगानीकर्ता दुविधामा परेका हुन् । केही दिन बढ्दा थोरै आशा लागे पनि फेरि नेप्सेले उस्तै प्रवृत्ति देखाउँदा आम लगानीकर्ता हैरान भइरहेका छन् । बजार बढ्ने आशामा लामो समयदेखि बसेका लगानीकर्ता लगभग निराशाको अवस्थामा आइपुगेको बताइरहेका छन् । 

यद्यपि, सेयर बजार जहिले पनि आश र विश्वासमै चलेको हुन्छ । लगानीकर्ताले आत्मबल गुमाउन भने नहुने जानकारहरु बताउँछन् । तर बजारको दिगो वृछिका लागि अब नीतिगत परिवर्तन अपरिहार्य भएको जानकारहरु बताउँदै आएका छन् ।  अहिले व्यक्तिले अधिकतम १५ करोड र संस्थाले २० करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउँछन् । यी कारणहरुले गर्दा ठूला लगानीकर्ताले खुलेर सेयर बजारमा लगानी गर्न पाएका छैनन् । यसका लागि पनि नीतिगत परिवर्तन अपरिहार्य देखिएको लगानीकर्ताको भनाई छ । 

यस्तै, बैंकहरुले सेयर बजारमा अल्पकालीन लगानी गर्न पाएका छैनन् । अहिले पनि ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिमभार रहेको छ । सेयर धितो कर्जामा सीमा तोकिएको छ । यी कुराहरुले सेयर बजारमा लामो समयदेखि असर गर्दै आएको छ । बजारले सुधारको गति लैजान यी अवरोधहरु हटाउनुपर्ने लगानीकर्ताले माग गर्दै आएका छन् । सरकारले ब्रोकर कमिसन घटाउने निर्णय गरेर पुँजी बजार सुधारलाई अघि बढाउने प्रयासमा  छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया