१५० प्रतिशत हकप्रद सेयर जारी गर्दै बुद्धभूमि नेपाल

आइतबार, २३ बैशाख २०८१, १२ : १३

काठमाडौँ- बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ।

 यसका लागि कम्पनीले विद्युत् नियमन आयोगसमक्ष पूर्वस्वीकृतिका लागि आवश्यक कागजात पेस गरेको छ।  कम्पनीले विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ को परिच्छेद २ अनुसार २० गते कागजात पेस गरेको जनाएको छ। 

नेपाल स्टक एक्सचेन्जमा कम्पनीको कुल ४० लाख कित्ता सेयर सूचीकृत छ। कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ छ। पछिल्लो पटक कम्पनीको प्रतिकित्ता सेयर ४५१.२० रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले नुवाकोटमा ४.९९३ मेगावाटको तल्लो तादी खोला हाइड्रोपावर बनाइरहेको छ। 

आइतबार, २३ बैशाख २०८१, १२ : १३

प्रतिक्रिया